Comments Add Comment

लकडाउन उल्लंघन गरेका २६ सयलाई कारबाही

अनलाइनखबर फाइल

२५ चैत, काठमाडौं । कोरोना (कोभिड-१९) भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउन उल्लंघन गरेका दुई हजार ६ सय भन्दा बढी कारबाहीमा परेका छन् ।

लकडाउन उल्लंघन गर्नेहरूलाई आवश्यकता अनुसार कारबाही तथा सचेत गराएर पठाइएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए ।

लकडाउन सुरु भएयताको दुई हप्तामा प्रहरीले अस्पताल भर्ना हुनुपर्ने गरी कुटपिट गरेको, उठबस गराएको, मुर्गा बनाएको भिडियोहरू समेत सार्वजनिक भएका थिए ।

यो अवधिमा जवरजस्ती चलाइएका दुई हजार २३५ सवारी साधनलाई पनि नियन्त्रणमा लिएर कारबाही गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment