Comments Add Comment

खाद्य व्यवस्था कम्पनीले अनलाइनमार्फत खाद्यन्न होम डेलिभरी गर्ने

२५ चैत, काठमाडौं । सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनलाइनमार्फत उपभोक्ताको घरमै खाद्यन्न डेलिभरी गर्ने तयारी गरेको छ ।

पहिलो चरणमा काठमाडौं उपत्याकाको चक्रपथभित्र मात्रै यस्तो सुविधा दिन कम्पनीको तयारी अन्तिम अवस्थामा पुगेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । ‘प्रारम्भीक चरणमा चक्रपथभित्र मात्रै सेवा दिने गरी तयारी थालिएको छ,’ न्यौपानेले भनिन् ।

कम्पनीले फापर, चामल, दाल र कर्णालीको सीमी उपभोक्ताको मागअनुसार बजारमा पुर्‍याउने जनाएको छ । ग्राहकबाट अनलाइन खाद्यान्न अर्डर लिनका लागि मंगलबार सबै कर्मचारीले अनलाइन पोर्टलको ओरेन्टेसन लिएको न्यौपानेले बताइन । कम्पनीले तयार पारेको नेपाल फूट डटकम नामको वेबसाइटमा गएर उपभोक्ताले खाद्यान्न अर्डर गर्न सक्नेछन ।

अनलाइनबाट लिने अर्डर र त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय अहिले कर्मचारीहरुले सिकिरहेका छन् । घरसम्म खाद्यान्न अर्डर गर्नका लागि कम्तिमा दुई हजार रुपैयाँको खाद्य बस्तु अर्डर गर्नु पर्ने कम्पनीको सर्त छ । अनलाइन पेमेन्टमार्फत वा डेलिभरी गर्ने व्यक्तिलाई नगद दिन सकिने दुवै सर्तसहित यसै हप्ता कारोबार सुरु गरिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment