Comments Add Comment

लकडाउन उल्लंघन गर्दा न्युजिल्यान्डका मन्त्री घटुवा

काठमाडौं । मुलुकमा जारी लकडाउल उल्लंघन गरेपछि न्युजिल्याण्डका स्वास्थ्यमन्त्री घटुवामा परेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाइएको लकडाउनको क्रममा साइकल यात्रामा निस्किएका डेभिड क्लार्क घटुवामा परेका हुन् । मन्त्रीको जिम्मेवारी खोसेर उनलाई सहायक स्वास्थ्यमन्त्रीमा घटुवा गरिएको छ ।

द गार्जियनका अनुसार क्लार्कले लकडाउनको समयमा परिवारसँग ४० किलोमिटर यात्रा गरेको स्वीकारेका छन् । उनले यो कामको लागि क्षमायाचना गर्दै आफूले आफैंलाई ‘मूर्ख’को संज्ञा दिएका छन् ।

स्वास्थ्यमन्त्रीले लकडाउन उल्लंघन गरेको घटनाको मुलुकभर विरोध भएको थियो । न्युजिल्याण्डकी प्रधानमन्त्री जाकिन्डा एर्डेनले सामान्य अवस्थामा भए उनलाई निलम्बन गरिने तर कोभिड–१९ विरुद्धको लडाइँमा उनको साथ आवश्यक रहेको बताएकी छिन् । एक विज्ञप्तिमार्फत् उनले आगामी दिनमा उनले न्युजिल्याण्डका लागि राम्रो भूमिका निर्वाह अपेक्षा गरेकी छिन् ।

न्युजिल्याण्डमा मार्च २५ मा चार साता लामो लकडाउन शुरु भएपछि उल्लेख्य मात्रामा यसको उल्लंघन पनि भइरहेका छन् । एक समयमा सरकारको उजुरी गर्ने वेबसाइट नै अन्यधिक लोडका कारण क्र्यास भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment