Comments Add Comment

अमेरिकी महिलाको अनौठो आइडिया : मास्कमा पुरुष यौनांग

अमेरिकाको उटाकी एकजना महिलाले निकै आपत्तिजनक मास्क लगाउन थालेकी छन् । आपत्तिजनक यो अर्थमा कि उनको मास्कको कपडामा रङ्गिन चित्र छन् । अनि ती न चित्रहरू पुरुष यौनांगका हुन् ।

कोरोना भाइरसको महामारीका बीच सामाजिक दुरी कायम गराउनका लागि पुरुष यौनांग अंकित मास्क लगाउने उनको आइडिया निकै सफल पनि भएको छ । किनकि उनको मास्कमा रहेका सानो आकारका लिंगका चित्रहरू टाढाबाट प्रष्ट देखिँदैनन् । जो उनको नजिक आउँदछन्, उसले मात्र देख्न सक्दछ । अनि उनको नजिक आउने मानिस मास्कका ती चित्र देख्दैमा लाजमर्नु भएर टाढा भागिहाल्छ ।

हेबर सहरकी बासिन्दा मिन्डी भिन्सेन्ट पेसाले थेरापिष्ट हुन् । उनले उक्त मास्क आफैंले डिजाइन गरेकी हुन् । मास्कमा स–सानो आकारका फूलका थुंगासँगै ठूलो संख्यामा विभिन्न आकार तथा रङका लिंगका चित्रहरू बनाइएको छ ।

जब मिन्डीले उक्त मास्क लगाएको आफ्नो तस्वीर फेसबुकमा शेयर गरिन्, तब निकै भाइरल बन्यो । उनले फेसबुकमा भनेकी छिन्,‘म आज यही मास्क लगाएर वालमार्ट गएँ । कुनै व्यक्तिले मेरो मास्क हेर्दै त्यसमा लिंगको तस्वीर छ भनेर म सँग भन्न थाल्यो । तब मैले उसलाई तत्कालै जवाफ दिएँ कि तपाईं अलिक बढी नजिक आउनु भएछ, त्यसैले थोरै पछाडि सर्नुहोस् ।’

उनले उत्पादन गरेको मास्कको मागसमेत भएपछि उनले प्रति मास्क २० डलरमा बेच्न थालेकी छन् । मास्क बेचेर उठेको रकम उनले आफैंले खोलेको परोपकारी संस्थाको कोषमा जम्मा गर्नेछिन् ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment