+
+
Shares

अस्ट्रेलियामा रहेका नेपालीलाई दूतावासले भन्यो : समस्यामा परे सम्पर्क गर्नू

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ५ गते १३:३४

काठमाडौं ।  अध्ययन वा अरु प्रयोजनको लागि अस्ट्रेलिया पुगेका नेपालीलाई समस्या परेको खण्डमा सहयोग माग्न अस्ट्रेलियाको क्यान्बेरामा स्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले अस्ट्रेलियामा रहेका नेपालीहरुको सहयोगका लागि विभिन्न किसिमका निकायहरूसँग समन्वय गरिरहेको भन्दै समस्या परे सहयोग माग्‍न आग्रह गरेको हो ।

नेपाली विद्यार्थी र पर्यटक भिसामा अस्ट्रेलिया पुगेकाहरूको समस्या समाधानका लागि सरोकारवाला निकायहरूसँग समेत निरन्तर सम्पर्क र छलफल चलिरहेको भन्दै दूतावासले यस्तो आग्रह गरेको हो ।

त्यहाँ रहेका नेपालीहरुको सहज व्यवस्थापनको लागि दूतावासले अष्ट्रेलिया सरकारका विभिन्न निकायहरू र गैरआवासीय नेपाली संघ, अष्ट्रेलिया एवं स्थानीय नेपाली समुदायहरूसँग समन्वय एवं सहकार्य गरिरहेको स्मरण समेत गराएको छ ।

राजदूतावासबाट अष्ट्रेलियाको विभिन्न सहरमा रहेका नेपाली अवैतनिक महावाणिज्यदूतहरूसँग नियमित छलफल तथा सम्पर्कमा रही त्यस क्षेत्रको वस्तुस्थितिका बारेमा जानकारी लिनुका साथै तत् तत् क्षेत्रमा रहेका नेपालीहरूको तत्काल समस्या समाधानका लागि निर्देशन दिने गरिएको उल्लेख पनि दूतावासद्वारा जारी सूचनामा भनिएको छ ।

दूतावासले अष्ट्रेलियामा रहेका विद्यार्थीहरू, भिजिटर भिसामा रहेका नेपाली अभिभावकहरू एवं अन्य नेपालीहरूलाई केही समस्या परेमा  राजदूतावास तथा अवैतनिक महावाणिज्यदूतका कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

साथै, दूतावासले अस्ट्रेलियन नेपाली जर्नालिस्ट एसोसिएसनलाई कोरोना प्रभावित व्यक्तिहरूलाई सही सूचना सम्प्रेषण गरी सुसूचित गर्न तथा सचेतना फैलाउन सहयोग गर्न समेत अनुरोध समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?