Comments Add Comment

सही तरिकाले सास लिनु किन आवश्यक ?

हामीलाई किन शारीरिक पीडा हुन्छ ? किन अल्छी लाग्छ ? किन शरीर सिथिल हुन्छ ?

यसको धेरैजसो कारण हाम्रो जीवनशैली नै हो । सामान्यतः हामी उठबस गर्ने, खाने, खेल्ने, उफ्रिने, हिँड्ने, सुत्ने क्रममै यस्ता गल्ती गरिरहेका हुन्छौ, जसले हामीलाई अस्वस्थ्य बनाउँछ । हामीलाई सामान्य लाग्छ, हाम्रो बसाई पोजिसनकै कारण पनि हामी रोगी भइरहेका हुन्छौ । हाम्रो खाने तरिका, बस्ने तरिका, सुत्ने तरिका समेत रोगको कारण बनिरहेको हुन्छ ।

अतः यहाँ हाम्रो तीन बानी यहाँ उल्लेख गरिदैछ, जो हामी नियमित दोहो¥याउँछौं । हामीलाई यो सहि पनि लाग्छ । यस्तो गर्नु हाम्रो बानी नै परिसकेको हुन्छ । वास्तवमा यी गल्ती हुन् ।

पहिलो गल्ती : गलत ढंगले सास लिनु

यो सुनेर जो कोहि अचम्मित हुन सक्छन् कि सास लिनुमा के गल्ती हुन्छ ? कसरी गल्ती हुन्छ ?

तर एक रिसर्च अनुसार हरेक १० जना व्यक्तिमा ९ जनाले यस्तो गल्ती गरिरहेका हुन्छन् । अधिकतम व्यक्ति छातीले सास लिने गर्छन् । यस तरिकाले सास लिँदा पूर्ण र सहि रुपले अक्सिजन शरीर भित्र पुग्दैन । यसले गर्दा हामी रोगी हुन्छौं । किनभने खाना वा अन्य पौष्टिक पदार्थ जत्तिकै हामीलाई शुद्ध अक्सिजन पनि आवश्यक हुन्छ ।

के हो सास लिने सहि तरिका ?

सहि तरिका यो हो कि, फोक्सोमा पेटले सास लिनु । अर्थात फोक्सोकै बलमा सास लामो सास लिनुपर्छ । अर्थात जब सास लिइन्छ, छातीसँगै पेट पनि खुम्चने र फैलने गर्नुपर्छ । यसले गर्दा फोक्सोमा राम्ररी अक्सिजन भरिन्छ ।

हामीले राम्ररी ख्याल गर्ने हो भने सानो बच्चाले ठीक यहि ढंगले सास लिन्छ । यहि तरिकाले हामीले पनि सास लिनुपर्छ ।

के छ त फाइदा ?

एक सर्बेक्षण अनुसार पेटले सास लिँदा मुटुको समस्या र मधुमेहको खतरा कम हुन्छ । तनावको लागि जिम्मेवार मानिने कर्टिसोल नामको हर्मोन पनि कम हुन्छ । यी सबै कारणले गर्दा मानिसहरु सधै खुसी रहन्छन् । यसले गर्दा फोक्सो पनि स्वस्थ्य रहन्छ ।

सही तरिकाले सास लिनु किन आवश्यक ?

– सहि तरिकाले सास लिनाले हाम्रो शरीरमा राम्ररी अक्सिजन फ्लो हुन्छ । अक्सिजन शरीरको सबै भागमा सजिलै पुग्छ । हामी घर वा अफिसमा बस्दा हामीलाई अक्सिजन पुगिरहेको हुँदैन । यसरी सहि ढंगले सास फेर्दा अक्सिजन पर्याप्त मात्रामा पुग्छ ।

– सामान्य ढंगले वा सामान्य प्रक्रियाले जति सास लिइन्छ त्यो अपुग हुन्छ । किनभने अहिले हामी धेरैजसो समय घरभित्र विताउँछौ । खुला हावामा बस्दैनौ । त्यही कारण सहि ढंगले सास लिनैपर्ने अवस्था छ ।

– पेटले सास लिँदा फोक्सोसहित पुरै शरीरमा अक्सिजन राम्ररी प्रवाह हुन्छ । यसले गर्दा मस्तिष्कमा पनि राम्ररी अक्सिजन पुग्छ ।

शरीरका लागि टनिक हो अक्सिजन

विज्ञहरुका अनुसार शरीरको लागि एकदमै राम्रो टनिक हो, अक्सिजन । एक सामान्य मानिस आफ्नो जीव्नमा २५प्रतिशत मात्र फोक्सोको प्रयोग गरिरहेका हुन्छन् । यदि फोक्सोको राम्रो र सहि प्रयोग गर्ने हो भने शरीरमा पर्याप्त अक्सिजन पुग्छ ।

एक व्यक्ति एक मिनेटमा १८ पटक सास लिन्छन् । एक घण्टामा एक हजार ८० पटक र एक दिनमा २५ हजार ९ सय २० पटक सास लिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment