Comments Add Comment

जर्मनीमा चर्च खोल्ने तयारी

२१ वैशाख, काठमाडौं । जर्मनीले केही शर्तमा मुलुकमा चर्च खोल्न दिने भएको छ । धार्मिक नेताहरुको सल्लाह र परामर्शपछि जर्मनीले चर्चहरु खोल्न अनुमति दिने सहमति भएको हो ।

यद्यपि चर्चमा प्रार्थनाको लागि सीमित संख्यामा मात्र मानिसहरु भेला हुन पाउनेछन् । साथै मानिसहरुको बीचमा दुई मिटरको भौतिक दुरी कायम राख्नु जरुरी हुन्छ । चर्चमा गीत गाउन पाइनेछैन भने प्रार्थना गर्दा मास्क लगाउनु अनिवार्य हुनेछ ।

यहुदी र मुस्लिमलाई पनि आफ्नो क्षेत्रको सफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ । जर्मनीमा सबै धर्मका पुजारीले लकडाउनको समर्थन गरेका थिए ।

तर, लकडाउन खुलेसँगै उनीहरुले पनि धार्मिक स्थल खोल्न पाउनुपर्ने माग गरेका हुन् । उनीहरुले अहिलेको कठिन अवस्थामा सहारा र भरोसा आवश्यक रहेको बताएका थिए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment