Comments Add Comment

रुसमा एकैदिन थपिए १० हजार बढी कोरोना संक्रमित

२१ वैशाख, काठमाडौं । रुसमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का १० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । रुसले आइतबार दिएको जानकारी अनुसार, पछिल्लो २४ घण्टामा रुसमा १० हजार ६ सय ३३ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

कोरोना संक्रमण देखिएकामध्ये आधाजसो मानिसमा यो भाइरसको कुनै लक्षण नदेखिएको बताइएको छ । यससँगै रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ३४ हजार ६ सय ८७ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ५८ जनाको मृत्यु भएको छ । यससँगै रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार दुई सय ८० पुगेको छ ।

रुसमा पछिल्लो ४ दिनयता लगातार नयाँ संक्रमितको संख्यामा वृद्धि भएको छ ।

रुसमा अहिलेसम्म भेटिएकामध्ये आधाभन्दा धेरै राजधानी सहर मस्कोका छन् । गत मार्चमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो महामारी रुसमा नियन्त्रणमा रहेको भन्दै आफ्ना नागरिकलाई ढुक्क हुन आग्रह गरेका थिए । साथै उनले यो महामारीमा विश्वका केही मुलुकलाई स्वास्थ्य सामग्री पनि सहयोग गर्ने निर्णय गरेका थिए ।

अप्रिल १३ पछि भने पुटिनको बोली फेरियो । उनले एक भिडियो कन्फ्रेन्समा आफूहरुसँग धेरै समस्या रहेको बताएका थिए । उनले सबैलाई कोरोना भाइरसबाट सुरक्षाका उपायहरू जारी राख्नुपर्ने बताएका थिए ।

सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment