Comments Add Comment

उत्तर र दक्षिण कोरियाको सीमामा गोली हानाहान

२१ वैशाख, काठमाडौं । उत्तर कोरिया र दक्षिण कोरियाको सीमामा दुई पक्षबीच गोली हानाहान भएको छ । आक्रमणबाट दक्षिण कोरियामा मानवीय क्षति भने नभएको बताइएकाे छ ।

दक्षिण कोरियाली सेनाले दिएको जानकारीअनुसार, उत्तर कोरियाले आइतबार चेओरवोनमा रहेको सीमाक्षेत्रको दक्षिण कोरियाली सुरक्षा चौकीमा गोली प्रहार गरेको हो । दक्षिण कोरियाले दोहोरो फयरिङ्गमा आफ्ना कुनै पनि सेनाको मृत्यु नभएको बताएको छ ।

जवाफमा दक्षिण कोरियाले पनि दुई राउण्ड जवाफी फायरिङ्ग गरेको थियो । अहिलेसम्म उत्तर कोरियाले किन गोली प्रहार ग¥यो भन्ने खुलेको छैन । अधिकारीहरूले उत्तर कोरियाली सेनासँग सम्पर्क गरेर गोली प्रहारको कारणबारे बुझ्ने प्रयास गरिरहेको जनाइएको छ ।

पछिल्लो पाँच वर्षमा उत्तर कोरियाले दक्षिण कोरियामाथि पहिलोपटक गोली प्रहार गरेको हो । पछिल्लो दुई वर्षयता उत्तर र दक्षिण कोरियाबीचमा सीमा क्षेत्रमा शान्ति स्थापनाको प्रयास भइरहेको छ । सन् २०१८ मा उत्तर कोरियाको प्योंगयोङमा भएको सम्मेलनमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनको बीचमा भएको सम्झौतामा सीमाक्षेत्रमा सैन्य तनाव कम गर्दै लैजाने उल्लेख गरिएको थियो ।

उत्तर कोरियाली नेता किम जोन उन लामो समयपछि सार्वजनिक रूपमा देखिएको एक दिनपछि नै उत्तर कोरियाले दक्षिण कोरियामा गोली प्रहार गरेको हो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment