Comments Add Comment

मकवानपुरको दक्षिणी सीमा नाकामा कडाइ

२३ वैशाख, हेटौंडा । सीमा जोडिएका दक्षिणी क्षेत्रका जिल्लामा कोरोना संक्रमण देखिएसँगै मकवानपुरका सीमा नाकामा कडाइ गर्न थालिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले दक्षिण नाकाबाट वागमती प्रदेशको राजधानी हेटौंडा प्रवेश गर्ने सवारी साधन रोक्न थालेको छ ।

दक्षिणी सीमा क्षेत्रबाट आउने साना ठूला सवारी साधन र मानिसको आवागमन रोक्ने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताए ।

उनका अनुसार अत्यावश्यकबाहेक अन्य सवारी साधन मंगलबारदेखि हेटौंडा प्रवेशमा रोक लगाइएको छ । खाद्यान्न बोकेका र एम्बुलेन्सबाहेकका सवारी साधन प्रशासनको स्वीकृति विना चल्न नदिने प्रजिअ नेपालले बताए ।

लकडाउनको समयमा पनि हेटौंडामा मानिसहरुको आवागमन बढेपछि प्रशासनले कडाइ गर्न थालेको छ । किनमेलका लागि विहानको समय तोके पनि मौका छोपी अनावश्यक हिँडडुल बढेपछि प्रशासनले कडाई गर्ने रणनीति लिएको हो ।

बजार क्षेत्रमा विना काम खाली हात हेटौंडा बजार डुल्नेलाई कारवाही गरिने प्रजिअ नेपालले बताए । यता प्रहरीले हेटौंडा उपमहानगरपालिका– १५ रातोमाटे नाकामा सबै सवारी साधन रोक्न सुरु गरेको छ ।

काठमाडौं प्रवेशका लागि गृह मन्त्रालयको पास बिना आएका सबै सवारी साधन रोक्न निर्देशन आएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुशुवाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment