Comments Add Comment

‘मलाई कालापानी हेर्न मन छ’ सार्वजनिक

अस्मिन घिमिरेको शब्द तथा स्वरमा रहेको ‘मलाई नालापानी, लिपुलेक हेर्न मन छ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

भारतले नेपालको भूमी मिचेर सडक बनाएको खबर सार्वजनिक भएसँगै अहिले नेपाली भूमि फिर्ता गर्नुपर्ने माग चौतफी रुपमा उठेको छ ।

कपिल घिमिरेको संगीत रहेको यो गीतको भिडियोलाई भोला सुवेदीले निर्देशन गरेका हुन् । रवि अधिकारीको कन्सेप्टमा तयार भएको भिडियोमा भोलाकै छायांकन र सम्पादन छ ।

भिडियोमा दीपकराज गिरी, सलोन बस्नेत, दीपाश्री निरौला, शोभित बस्नेत, बद्री पंगेनी, जयकिसन बस्नेत, जाहन्वी बस्नेत लगायतका कलाकारलाई देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment