+
+
Shares

१३ जना कोरोना संक्रमित काठमाडौंका अस्पतालमा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३ गते १०:४८

३ जेठ, काठमाडौं । नेपालका कोरोना संक्रमितमध्ये १३ जना काठमाडौंका अस्पतालमा उपचाररत रहेका छन् ।

टेकु अस्पतालमा ५ जना, पाटन अस्पतालमा ४ जना, त्रिवि शिक्षण अस्पतालमा २ जना र बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको सम्बन्धित अस्पतालका अधिकारीहरुले जनाएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा कपिलवस्तुकी ६ वर्षकी बालिका र अर्का एक व्यक्तिको उपचार भइरहेको त्यहाँका चिकित्सक डा. सन्तकुमार दासले जानकारी दिए । दाङ घर भएका ती व्यक्ति स्वास्थ्यकर्मी रहेको र शुक्रबार संक्रमण देखिएको थियो ।

पछिल्लो समय काठमाडौंको चन्द्रागिरि नगरपालिका र भक्तपुरको मध्यपुर थिमी र चाँगुनारायण नगरपालिकामा कोरोना संक्रमित भेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?