+
+
Shares

थप ९ जनामा कोरोना संक्रमणको पुष्टि, दाङमा पनि भेटिए संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते २०:३४

२ जेठ, काठमाडौं । नेपालमा थप ९ जनाको कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा दाङका तीन जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् ।

यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?