Comments Add Comment

निकिताको ‘रानी महल’ टिजर रिलिज, फिल्म कहिले आउला ?

करिब २० प्रतिशत छायांकनपछि रोकिएको चलचित्र ‘रानी महल’को टिजर रिलिज गरिएको छ । २ बर्ष अगाडि निर्माण प्रक्रिया सुरु भएपनि आन्तरिक विवादका कारण चलचित्रको छायांकन अगाडि बढ्न सकेको थिएन ।

यो चलचित्रबाट पूर्व मिस नेपाल निकिता चण्डक चलचित्र क्षेत्रमा प्रवेश गर्ने तयारीमा थिइन् । तर, यो चलचित्रको छायांकन रोकिएपछि निकिताले चलचित्र ‘साङ्लो’मा काम गरिसकेकी छिन् । निर्माणपक्षले २० प्रतिशत छायांकन सकेको लामो समयपछि टिजर रिलिज गरेको हो ।

लक डाउनपछि चलचित्रको बाँकी छायांकन सकेर चलचित्र रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ ।

विमल भुषालको निर्माणमा बनेको यो चलचित्रलाई हिमाल न्यौपानेले निर्देशन गरेका हुन् । चलचित्रमा निरज कँडेलको छायांकन, सम्राट महर्जनको सम्पादन, दीपक पौडेलको पटकथा तथा संवाद, हिमाल केसीको एक्सन, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी छ ।

यो चलचित्रमा निकिता चण्डक, पृथ्वीराज सेञ्चुरी, साहिल श्रेष्ठ, मानस्वी खरेल, निर शाह, वीएस राना, दीपक क्षेत्री लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment