+
+
Shares

ब्राजिलमा नयाँ संक्रमितको संख्या अहिलेसम्मकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३ गते ११:१५

३ जेठ, काठमाडौं । ब्राजिलमा एकैदिनमा कोरोना भाइरस (कोभिड-१९) का अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित फेला परेका छन् ।

शुक्रबार ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३०५ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि दुई लाख १८ हजार दुई सय २३ पुगेको छ ।

यसअघि अघिल्लो दिन पनि ब्राजिलमा १३ हजार नौ सय ४४ नयाँ संक्रमित भेटिएका थिए ।

शुक्रबार दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा आठ सय २४ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १४ हजार आठ सय १७ पुगेको छ । दक्षिण अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको ब्राजिल अहिले कोरोना भाइरसको महामारीको हटस्पट बन्दै गएको छ ।

यसैबीच महामारीको कारण ब्राजिलमा राजनीतिक तनाव पनि बढेको छ । राष्ट्रपति जेयर बोल्सोनारोको कोरोना भाइरसको महामारीविरुद्ध लड्ने कार्यशैलीप्रति असन्तुष्ट रहेका स्वास्थ्यमन्त्री नेल्सन टेइकले राजीनामा दिएका छन् । उनले आफ्नो कार्यभार सम्हालेको एक महिना पनि नबित्दै राजीनामा दिएका हुन् ।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?