+
+
Shares

थप ६ जनामा कोरोना संक्रमण, सिराहामा पनि भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३ गते १०:२१

३ जेठ, काठमाडौं । शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् ।

बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाको राजापुर नगरपालिका- ११ नार्खुका २८ वर्षकी महिला, सिरहा सखुवाका ३० वर्षका पुरुष, पर्साको वीरगञ्ज महानगरपालिका- १२ का २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगरकी १८ वर्षकी महिला र चितवन गढौली की २५ वर्षकी महिलामा  कोरोना संक्रमण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?