+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

नरभानेको अभिव्यक्तिप्रति नेपाली सेनाको जवाफ ‘उपयुक्त समयमा’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते २२:०१

२ जेठ, काठमाडौं । नेपालले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको भनेर भारतीय सेना प्रमुख मनोज नरभानेले विवादास्पद अभिव्यक्ति दिएको विषयलाई नेपाली सेनाले ‘जानकारी’मा राखेको जनाएको छ ।

साथै, नेपाली सेनाले उपयुक्त समयमा नरभानेलाई जवाफ दिने पनि जंगीअड्डा स्रोतले जनाएको छ ।

नरभानेले शुक्रबार एक कार्यक्रममा बोल्दै भारतीय तीर्थयात्रीका लागि खनिएको बाटोमा कुनै पनि विवाद नरहेको पनि बताएका दाबी गरेका थिए । यस विषयमा प्रधानसेनापति पूर्णचन्द्र थापाले उपयुक्त मञ्चमा आधिकारिक धारणा व्यक्त गर्ने भनिएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले अनलाइनखबरसँग भनेका छन्, ‘आवश्यकता पर्दा नेपाली सेनाको आधिकारिक धारणा प्रधानसेनापतिले विधि सम्मत ढंगबाट उपयुक्त मञ्चमा व्यक्त गर्नुहुनेछ ।’ उपयुक्त मञ्च कुन हो भन्ने बारे भने पाण्डेले खुलाएका छैनन् ।

भारतले नेपाली भूमि अतिक्रमण गरेर दार्चुलामा सडक निर्माण गरेपछि नेपाली आक्रोशित छन् ।

प्रकरणपछि कालापानी नजिक सशस्त्र प्रहरी बलले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ भने नेपाली सेनाले पनि रेकीका लागि एक विशेष टोली दार्चुला पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?