+
+
Shares

कुश्मा पहिरो अपडेट : ८ जनाको शव भेटियो, एक जना अझै बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १ गते ७:३६

१ असार, काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङमा पहिराे जाँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । अझै एक जना बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीय मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमुनी–९ घर भई माइती आएकी ३० वर्षीया डिरपा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट थापा, कुश्मा–३ का २६ वर्षीया कमला विक र ७ वर्षीया प्रमिशा विक छन् ।

थप एक जनाको खोजी कार्य भइरहेको पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार १३ वर्षीय जेनिश विक अझैसम्म भेटिएका छन् । उनको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको सुवेदीले बताए।

‘अहिले पनि पानी परिरहेको छ, त्यसैले खोजी कार्य केही प्रभावित भएको छ’, उनले थपे । ९ जनाको शवलाई भने पोस्टमार्टमका लागि पर्वत जिल्ला अस्पताल पठाइएको छ ।

शनिबार अविरल परेको वर्षाका कारण राति पहरे वनबाट पहिलो खसेको थियो । त्यसक्रममा १० जना पुरिएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?