Comments Add Comment

सुदर्शन र पूजाको नयाँ फिल्मका लागि नायकको खोजी

चलचित्र निर्माणमा निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माको सहकार्य जारी छ । उनीहरूले मिलेर चलचित्र ‘म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २’ बनाइसकेका छन् । चलचित्र क्षेत्रमा पूजा र सुदर्शनले एक साथ केही चलचित्रमा काम गरिसकेका छन् । पूजा र सुदर्शनलाई एक अर्काको साथ सुखद् पनि बनेको छ ।

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ निर्माण गरेर रिलिजको लागि तयार भइसकेको थियो । तर कोरोना संक्रमण बढेसँगै नेपालमा जारी लकडाउनका कारण चलचित्र रिलिज हुन पाएन।

यहीबीचमा, सुदर्शन र पूजाले नयाँ चलचित्रको निर्माण गर्ने तयारी थालेका छन् । निर्देशक सुदर्शन थापाले भने–‘हो, हामी लकडाउन खुलेसँगै नयाँ चलचित्रको छायांकनमा जाने तयारीमा छौं। यो चलचित्रलाई कोरोनाको कथामा निर्माण गरिनेछ । प्रेमकथालाई कोरोनाको कथासँग जोडेर चलचित्र निर्माण गर्दैछौं।’

नायकको खोजी
यसैबीच, यो टिमले नयाँ अनुहारको खोजी थालेको छ । चलचित्रमा नयाँ नायकलाई अनुबन्धित गर्ने तयारी गरिएको निर्मात्री तथा नायिका पूजा शर्माले बताइन् । पूजाले भनिन्–‘चलचित्रका लागि हामीले नयाँ अनुहारको खोजी गरेका छौ । अडिसनको माध्यमबाट नयाँ नायक चयन गरिनेछ ।’

पूजा र सुदर्शनको टिमले चलचित्र क्षेत्रमा केही राम्रो कलाकार भित्र्याइसकेको छ । यो टिमसँग सहकार्य गरेर प्रदीप खड्का, पल शाह, आकाश श्रेष्ठजस्ता कलाकार चर्चित छन् ।

निर्देशक थापाका अनुसार सम्भवत: चलचित्र ‘म यस्तो गीत गाउँछु २’को रिलिज अगाडि नै नयाँ चलचित्रको छायांकन सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment