Comments Add Comment

लकडाउनपछि खुल्दा यातायात कार्यालयमा भिड

१ असार, काठमाडौं । झण्डै तीन महिनाको लकडाउनपछि सोमबारदेखि सरकारी कार्यालय पनि खुला भएका छन् । सरकारले कोरोना भाइरस संक्रमणबाट जोगिन सुरक्षाका उपाय अपनाउँदै सोमबारदेखि सरकारी कार्यालय खुल्ने निर्णय गरेको थियो । विहान १० बजे ललितपुर एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्दा सेवाग्राहीको भीड थियो ।

सेवाग्राहीबीच दूरी कायम गर्न ठाउँठाउँमा गोलो घेरा त लगाइएको थियो । तर ठूलो संख्याका सेवाग्राही दूरी कायम नगरी भिड गरेर कार्यालयको झ्यालतिर आँखा लम्काइरहेका थिए । यातायात कार्यालय जानेहरु धेरैजसो स्मार्ट लाइसेन्स लिन जानेहरु थिए । कर्मचारीले मास्क र पञ्जा लगाएका थिए ।

त्यस्तै कलंकीस्थित मालपोत कार्यालय पुग्दा कर्मचारीहरु व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगाएर बसेका थिए । सेवाग्राहीको १–२ जना मात्र थिए । गेटमा एक कर्मचारीले सेवाग्राहीको ज्वरो नापेर मात्र भित्र पठाउँथे । भित्तामा हात धोएर मात्र भित्र जाऔं भन्ने सूचना टाँसिएको थियो भने सामाजिक दूरी कायम गर्न सचेत गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment