+
+
Shares

करदाता प्रोत्साहन कार्यक्रमका विजेताको नाम सार्वजनिक

यस पटक १० लाख नगद विजेता लालबाबु साह कानु रहेका छन् । उनले २१ हजारको सामान किन्दा उक्त पुरस्कार जितेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १७:४६

१९ असोज, काठमाडौं । सरकारले १ देखि १५ असोजसम्म करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी भई नगद उपहार जित्न सफल करदाताको नाम सार्वजनिक गरेको छ ।

कार्यक्रमको चिट्टा १६ असोजमा खोलिएको थियो । यस पटक १० लाख नगद विजेता लालबाबु साह कानु रहेका छन् । उनले २१ हजारको सामान किन्दा उक्त पुरस्कार जितेका हुन् ।

हरेक दिन १/१ लाख रुपैयाँ जित्ने करदातामा कुमारी द्रोपदी भाट, खुश्बु गुरुङ/प्रकाश राई, दिनेशकुमार चौधरी, प्रेमप्रसाद सापकोटा, अप्सरा बस्नेत थापा, सुवास चौहान, इश्वरी कार्की, संगिताकुमारी खतिवडा, राजेश शर्मा, अमिर सादुला, जेनकुमार तामाङ र सन्तोषसिंह मगर छन् । विजेताले नजिकको आन्तरिक राजस्व कार्यालयमा बिलसहित ३१ असोजभित्र निवेदन दिनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?