Comments Add Comment

‘काइ पो छे’देखि ‘छिछोरे’सम्म, यस्तो छ सुशान्तको बलिउड यात्रा

बलिउड नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरेको खबरले यतिबेला बलिउडसँगै उनका फ्यानहरु स्तब्ध भएका छन् । आखिर, ३४ बर्षका यी सफल नायकले किन यस्तो बाटो रोजे, यो खुलेको छैन ।

सुशान्त सिंह राजपुतको बलिउड करिअर सुखद चलिरहेको थियो । उनले अभिनय गरेको पहिलो चलचित्र ‘काया पो छे’ हो । यो चलचित्रले नै उनलाई बलिउडमा स्टार बनाइदिएको थियो ।

यो पनि पढ्नुहोस अभिनेता सुशान्त सिंहले गरे आत्महत्या

यसपछि उनले ‘शुद्ध देशी रोमान्स, पीके, डिटेक्टिभ ब्योमकेश बख्शी’ जस्ता चलचित्रमा अभिनय गरिसकेका थिए । सुशान्तले अभिनय गरेको ‘एमएस धोनीः अनटोल्ड स्टोरी’ले बक्स अफिसमा धमकेदार व्यापार गरेको थियो । यो चलचित्रपछि सुशान्तको अभिनयको मात्र चर्चा भएन, उनको माग पनि बलिउडमा ह्वात्तै बढेको थियो ।

सुशान्तले अभिनय गरेको ‘बेल्कम टू न्यू योर्क, केदारनाथ, सोनचिडिया, छिछोरे’ जस्ता चलचित्र पनि हिट छन् । उनले बलिउडमा १२ वटा चलचित्रमा काम गरे ।

भारतको पटनामा सन् १९८९ जनवरी २१ मा जन्मिएका यी नायकले टेलिभिजनमा पनि हिट सिरियल दिएका छन् ।

बलिउडमा सुखद करिअर चलिरहेको समयमा सुशान्तले किन आत्महत्या गरे ? उनका फ्यानहरु अहिले यो प्रश्नको जवाफ जान्न चाहिरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment