एउटा सपना सजाएथे, रहरै रहरमा
त्यही पनि लुटिएछ, फूलको सहरमा
गीत–संगीतमा सबैभन्दा बढी रुचाइने विषय हो, प्रेम–विरह । यसैको सिलसिला हो, एउटा सपना । आफ्नो प्रेमिल सपनामा जब ठेस लाग्छ, मान्छेका बाँच्ने रहरहरु टुंगिन्छ । यस्तै भाव पोखिएको छ गीतमा ।
उत्सवकान्त मैनालीले स्वरवद्ध गरेको यही गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । म्युजिक भिडियोमा कमलकान्त मैनाली, रजनी केसी र अशिम पौडेलको अभिनय रहेको छ । यसका निर्देशन गरेका हुन् निर्मल शर्मा र गायक कमलकान्त मैनालीले । ‘गैडा’ उपनामले चिनिने निर्मल शर्मा हास्य कलाकारिता, चलिचित्र निर्देशन र निर्माण पनि सक्रिय छन् । राजु केसीले कोरियोग्राफी गरेका छन् ।
यो गीत रमेश सुवेदीले लेखेका हुन् । संगीत रोशन राज गुरुङले दिएका छन् । कुमार थापाले संगीत संयोजन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4