+
+
Shares

पर्सामा पहिचान नखुल्दै कोरोना संक्रमितको अन्त्येष्टि

सुरेश बिडारी सुरेश बिडारी
२०७७ असार १ गते १३:२३

१ असार, वीरगञ्ज । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका अन्दाजी २५ वर्षीय मृत व्यक्तिको पहिचान नखुल्दै अन्त्येष्टि गरिएको छ ।

जेठ २८ गते वीरगञ्जको घण्टाघर अगाडिको वीपी उद्यान पार्कमा मृत भेटिएका बेवारिसे शवको अन्त्येष्टि नेपाली सेनाले शनिबार गरेको हो । सेनाको टोलीले इनर्वामा लगेर अन्तिम संस्कार गरेको थियो । वीरगञ्जस्थित चण्डीनाथ गणका गणपति मदनजंग राणाका अनुसार महानगरपालिकाले दिएको स्थानमा प्रोटोकल अनुसार शवको अन्त्येष्टि गरिएको हो ।

‘शव प्रहरीले फेला पारेको हो । नारायणीमा स्वाब लिनुको साथै पोष्टमार्टम भएको हो,’ उनले भने, ‘प्रशासनको आग्रहपछि महानगरपालिकाले दिएको लोकेसनमा प्रोटोकल अनुसार दाहसंस्कार गरेका हौं ।’

पहिचान नखुलेका कारण उनी कसरी कोरोना संक्रमित भए भन्ने अझै पत्ता लागेको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले पहिचान खुलाउनका लागि मृतकको फोटो राखिएको बताइन् । ‘बेवारिसे भएकोले पहिचान खुलाउन समय लाग्ने देखियो, कोरोना संक्रमण पनि देखिएको र वेवारिसे शव लामो समय राख्दा थप समस्या आउन सक्छ भन्ने भयो,’ उनले भनिन्, ‘पहिचानका लागि मृतकको फोटो लिएकै थियौं । प्रशासनको आदेश अनुसार नेपाली सेनाले दाहसंस्कार गरेको हो ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?