+
+
Shares

परदेशी दाइलाई सम्झिएको देउसी-भैलो बन्यो यो वर्ष धेरै हेरिएको तिहार गीत

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २४ गते १७:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यस वर्षको सबैभन्दा धेरै हेरिएको तिहार गीत ‘चलेको रीति’ दुई हप्तामै युट्युबमा १६ लाखभन्दा बढीले हेरिसकेका छन्।
  • कमल सरगम र सुस्मिता विश्वको गीतमा कमल सरगमको शब्द र राजु परियारको लय रहेको छ।
  • गीतमा एलिना चौहानलगायतका कलाकारको स्वर छ, र उनको वियोगान्त अंश सबैभन्दा चर्चित बनेको छ।

२४ कात्तिक, काठमाडौं । यस वर्षको सबैभन्दा धेरै हेरिएको तिहार गीतमा ‘चलेको रीति‘ परेको छ। सञ्चारकर्मी कमल सरगम र सुस्मिता विश्वको उक्त गीत युट्युबमा सार्वजनिक भएको दुई हप्तामै १६ लाख बढी दर्शकले रुचाएका छन्। गीतमा कमल सरगमको शब्द रहेको छ भने चर्चित गायक राजु परियारको लय छ।

गीतमा नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायक राजु परियार, बद्री पंगेनी, गायिकाहरू एलिना चौहान, शिला आले, रिता थापा मगर, खुमन अधिकारी, दीपिका बोहेम्बु मगर, कमल सरगम र सुस्मिता विश्वलगायतका कलाकारहरूको स्वर रहेको छ।

‍यस गीतको सबैभन्दा चर्चित पक्ष गायिका एलिना चौहानले गाएको वियोगान्त भावको अंश बनेको छ। जसमा आफ्ना दाइ परदेशमा रहेका कारण तिहारमा चेलीको हात खाली भएको र चाडपर्वमा परिवारसँगै हुन नपाएको पीडालाई समेटिएको छ।

डेढ दशकदेखि लोकदोहोरी क्षेत्रमा आफ्नो आवाज र प्रस्तुतिमार्फत सक्रिय रहँदै आएकी गायिका सुस्मिता विश्वले यस वर्ष पनि देउसी–भैलो गीतमार्फत नेपाली दर्शकमाझ उपस्थिति जनाएकी हुन्। उनले गत वर्ष पनि देउसी–भैलो गीत सार्वजनिक गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?