+
+

कोरोनामुक्त भइन् निरिषा

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ६ गते ११:३२

नायिका निरिषा बस्नेत कोरोना संक्रमणबाट मुक्त भएकी छिन् । निरिषाका पिता नायक विश्व बस्नेतले कोरोना संक्रमणबाट मुक्त भएको बताएका छन् ।

केही दिन अगाडि कोरोना संक्रमित भएपछि निरिषा मुम्बइको एक अस्पतालमा भर्ना भएकी थिइन् ।

उनले, सामाजिक संजालबाट आफूलाई कोरोना भएको जानकारी गराएकी थिइन् । नायक विश्व बस्नेतले निरिषा कोरोनाबाट मुक्त भएको र क्वारेन्टाइनबाट फर्किएको जानकारी दिदै शुभेच्छुक सबैलाई धन्यवाद दिएका छन् ।

नेपाली चलचित्र ‘जानी नजानी’मा अभिनय गरेकी यी सुन्दरी मुम्बइमा रहेर मोडलिङ गरिरहेकी छिन् । उनले केही भारतीय सिरियलमा पनि अभिनय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?