Comments Add Comment

कोरोनाका कारण प्रज्ञा–प्रतिष्ठानको ६३ औं वार्षिकोत्सव स्थगित

सिलबन्दीमा ५०२ थान कविता

९ असार, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले कोभिड– १९ महामारीका कारण राष्ट्रिय कविता महोत्सव र मंगलबार पर्ने स्थापना दिवस तथा ६३ औँ वार्षिकोत्सवको कार्यक्रम स्थगित गरेको छ ।

९ असार २०१४ मा स्थापित नेपाली साहित्य कला एकेडेमी कालान्तरमा नेपाल एकेडेमी, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै २०६४ पछि नेपाल प्रज्ञा–प्रतिष्ठानको रूपमा सञ्चालित छ ।

प्रतिष्ठानमा अहिले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र गरि पाँच क्षेत्रका ११ विभाग छन् । यी विभागहरु अध्ययन–अनुसन्धान, गोष्ठी, कार्यशाला, अन्तरक्रिया र प्रकाशनमा केन्द्रित छन् ।

कुलपति गङ्गाप्रसाद उप्रेतीद्वारा जारी विज्ञप्तिअनुसार प्रतिष्ठानले नयाँ कामको रुपमा नेपाल चिनाउने बृहत् ग्रन्थ ‘नेपाल दर्पण’को लेखन सुरु गरेको छ । त्यस्तै, नेपालभित्र उत्पत्ति भएका सबै दर्शन समेट्ने गरी ‘नेपाली दर्शन’ ग्रन्थ प्रकाशन गर्ने तयारी पनि छ ।

राष्ट्रिय कविता महोत्सव– २०७७ को लागि प्राप्त ५०२ वटा कविता भने अहिलेलाई सिलबन्दी गरेर सुरक्षित राखेको र अनुकूल समयमा महोत्सव आयोजना गरेर समुचित मूल्याङ्कन र पुरस्कृत गरिने जानकारी विज्ञप्तिले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment