+
+
Shares

प्रज्ञाका तीन कुलपतिको शपथ (तस्वीरहरू)

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति कुमार नगरकोटी, संगीत नाट्य प्रतिष्ठानका कुलपति ब्रजेश खनाल र ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति एरिना ताम्राकारले शपथ लिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १८:३२

२२ साउन, काठमाडौं । कला–साहित्यसँग सम्बन्धित तीन प्रतिष्ठानका नवनियुक्त तीन जना कुलपतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति कुमार नगरकोटी, संगीत नाट्य प्रतिष्ठानका कुलपति ब्रजेश खनाल र ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति एरिना ताम्राकारले शपथ लिएका हुन् ।

तीनै जनालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल(गनेस)ले शपथग्रहण गराएका छन् ।

सरकारले भर्खरै तीनै जनालाई तीन वटा प्रज्ञा प्रतिष्ठानको कुलपतिको जिम्मेवारीमा नियुक्त गरेको थियो ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?