Comments Add Comment

प्रदेश ५ मा थपिए १ सय २३ कोरोना संक्रमित

७ हजार बढी स्वाबको रिपोर्ट आउन बाँकी

९ असार, बुटवल । प्रदेश ५ मा मंगलबार थप १ सय २३ जनामा कोरोना पाजेटिभ पुष्टि भएको छ । यससँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ८७ पुगेको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा पाल्पाका ४४ जना, प्युठानका ४५ जना, गुल्मीका २ जना र अर्घाखाँचीका २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका १९ जनामा संक्रमण पुष्टि भएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रूपन्देहीका १ जना, गुल्मीका ३ जना, अर्घाखाँचीका २ जना र प्युठानका ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म प्रदेश ५ अन्तर्गतका जिल्लाहरूमध्ये कपिलवस्तुमा ७०३, रूपन्देहीमा ३६३, बाँकेमा ३४२, दाङमा ३०१, अर्घाखाँचीमा २५०, गुल्मीमा २४४, पाल्पामा २२९, प्युठानमा १७४, बर्दियामा १५४, नवलपरासीमा ७८, रोल्पामा ४५ र रूकुम पूर्वमा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीले जानकारी दिए ।

हालसम्म प्रदेश ५ मा १ हजार १ सय ३४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने १० जनाको मृत्युु भएको छ ।

प्रदेश ५ मा ७ हजार बढी स्वाबको पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ भने १२ जिल्लाका क्वारेन्टिनमा १९ हजार जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment