Comments Add Comment

बारामा दुई स्थानीय तहले चट्याङ पीडितलाई राहत दिने

१९ असार, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका र फेटा गाउँपालिकाले चट्याङ लागेर ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । दुवै पालिकाले आफ्नो पालिकामा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग गर्ने भएको हो ।

बिहीबार बिहान वर्षासँगै परेको चट्याङ लागेर कलैया उपमहानगरपालिका–१२ शीतलपुरमा दुई जना र फेटा गाउँपालिका–१ त्रिवेणीमा २ जना गरी चार जना महिलाको मृत्यु भएको थियो ।

कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले चट्याङ लागेर ज्यान गुमाएको परिवारलाई प्रति परिवार ५५ हजार रुपैयाँ दिने निर्णय भएको जानकारी दिए । कलैयामा ३५ बर्षिय आशादेवी महतो, ४५ बर्षिय हलिमा खातुनको मृत्यु भएको हो ।

त्यस्तै फेटा गाउँपालिकाले पनि मृतकको परिवारलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । गाउँपालिका प्रमुख अमिरि प्रसादले गाउँपालिकाले काज किरिया खर्च वापत प्रति मृतक परिवारलाई ५० हजार दिने जानकारी दिए ।

फेटा गाउँपालिका–१ त्रिवेणीका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनरपति देवी महताको चट्याङले लागेर मृत्यु भएको थियो ।

यसअघि प्रदेश सरकारले चट्याङ लागेर ज्यान गुमाएकाको परिवारलाई प्रति परिवार १ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment