
१८ असार, काठमाडौं । बाराका दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
बिहीबार बिहान साढे सात बजेको समयमा परेको चट्याङले खेतमा धान रोपीरहेका बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको हो ।
बाराका डीएसपी गौतम मिश्रका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएकी महतो र खातुनलाई उपचारका लागि कलैया अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा नै मृत्यु भएको हो ।
यसैगरी सोही समयमा परेको चट्याङ लागेर खेतमा धान रोपिरहेका फेटा गाउँपालिका–१ त्रिवेणीका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनरपति देवी महताको पनि मृत्यु भएको डीएसपी मिश्रले बताए ।
चट्याङले फेटा गाउँपालिकाका ६ र कलैया नगरपालिकाका १ गरी सात जना घाइते भएका छन् । घाइते हुनेहरुमा फेटा गाउँपालिका ५५ वर्षीया बचवादेवी हजाम, ६० वर्षीया राजपति देवी, ३५ वर्षीया कान्ति देवी, ६० वर्षीया उमा देवी, २५ वर्षीया लिलावती देवी र ३५ वर्षीया सोसिता देवी छन् । यसैगरी कलैया नगरपालिकाकी ५० वर्षीया मरियम खातुन पनि घाइते भएकी छन् ।
घाइतेहरुको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।
यसैबीच स्वास्थ्य कार्यालय पर्सामा पनि चट्याङ लागेको छ । जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले क्षतिको विवरण संकलनको काम भइरहेको बताए ।
प्रतिक्रिया 4