News Summary
Generated by OK AI. Editorially reviewed.- खाँदबारी नगरपालिका–४ सेकाहामा बिहीबार साँझ परेको चट्याङले दुई जना घाइते भएका छन् ।
- घाइते हुनेमा ५३ वर्षीय गणेशप्रसाद गुरुङ र २२ वर्षीय सबिन गुरुङ रहेका छन् ।
- दुवै जनालाई थप उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा, खाँदबारी लगिएको छ ।
२6 कात्तिक, सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । बर्षा हावाहुरीसहित परेको चट्याङ लागेर खाँदबारी -४ सेकाहामा घरमै बसिरहेका दुई जना घाइते भएका छन् ।
बिहीबार साँझ करिब साढे ६ बजे परेको चट्याङले स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका–५ घर भई हाल खाँदबारी–४ मामाघरमा बस्दै आएका २२ वर्षीय सबिन गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिए।
चट्याङ लागेर घाइते भएका गणेशप्रसाद गुरुङको निधार र दायाँ हातमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। त्यस्तै, सबिन गुरुङको बायाँ हातमा चोट लागेको र उनको अवस्था सामान्य रहेको छ।
दुवै जनालाई थप उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा, खाँदबारीमा ल्याइएको छ।
प्रतिक्रिया 4