+
+
Shares

शिवम् सिमेन्ट अब मोबाइल एपबाट पनि खरिद गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३१ गते २०:२१

३१ असार, काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले कोरोना भाइरसको विषम परिस्थितिमा ग्राहकलाई सहजता उपलब्ध गराउन ‘शिवम् मोबाइल एप’ सार्वजनिक गरेको छ।

जस अन्तरगत ग्राहकले गुगल प्ले स्टोर तथा आइओएस एप स्टोरबाट शिवम् मोबाइल एप डाउनलोड गरी सिमेन्ट खरिदका लागि अर्डर गर्न सक्ने कम्पनीले जनाएको छ। खल्ती, इसेवा, कनेक्ट आइपीएस वा क्यास अन डेलिभरीबाट भुक्तानी गर्न सकिने जनाइएको छ।

‘कोरोना भाइरसले निम्त्याएको विषम परिस्थितिमा सबैको स्वास्थ्य सुरक्षाको निम्ति आवश्यक सामाजिक दुरी कायम रहोस् र हरेक किसिमका निर्माणहरुले पनि निरन्तरता पाओस् भन्ने उद्देश्यका साथ शिवम् सिमेन्टले यो एप सञ्चालनमा ल्याएको हो,’ शिवमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आधुनिक प्रविधिको माध्यमबाट ग्राहकहरुले आफ्नो मोबाइलमा ‘शिवम् मोबाइल एप’ डाउनलोड गरी सुनिश्चित भएर सहज, सरल तथा सुरक्षित तरिकाल घरमै बसेर शिवम् सिमेन्ट अर्डर गर्न सक्ने व्यवस्था मिलाएको हो।’

यस एपको माध्यमबाट ग्राहकले गरेको अर्डरलाई कम्पनीले सहज व्यवस्थापनका साथ उचित मूल्यमा तोकिएको स्थानमा डेलिभरी दिइने जनाइएको छ।

सन् २००९ मा हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको जनाएको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?