Comments Add Comment

राजविराजमा स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण

७ साउन, सप्तरी । सप्तरी सदरमुकाम राजविराजमा बुधबार स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

राजविराज नगरपालिका–२ का ३१ बर्षीय पुरुष, राजविराज ३ का ६३, ३२ र २३ बर्षीय पुरुष, राजविराज ६ का ३२ र ३६ बर्षीया महिला, तथा ४० र ४३ वर्षका पुरुष संक्रमित देखिएका छन् ।

राजविराज वडा नम्बर ७ का २० बर्षीय पुरुष र ४०, १७, १५ र १५ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीकै तथा अग्निसाइर कृष्णासवरण गाउँपालिका १ का एक पुरुष संक्रमित देखिएका छन् ।

अस्पतालका नर्स र स्वीपरलाई संक्रमण

राजविराजस्थित एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका एक नर्स र एक स्वीपरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

एक जना अस्पतालभित्रको आकस्मिक कक्षमा कार्यरत नर्स र र अर्का एक स्वीपर रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

भारतमा झण्डै ४ महिना बसेर आएका यहाँका एक जना प्रतिष्ठित व्यापारीको अघिल्लो हप्ता कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । मृत्यु भएकाको परिवारका सबै ५ जना तथा उनको पसलमा काम गर्ने २ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतकका छिमेकी दम्पत्तिसमेत कोरोना संक्रमित भएका छन् । संक्रमण फैलिन नदिन बुधबारदेखि राजविराजमा लकडाउनलाई कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment