
९ साउन, काठमाडौं । श्रीमती हत्या आरोपमा जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले सजाय छुट दिएको विरोधमा विवेकशील नेपाली दलले विरोध प्रदर्शन गरेको छ ।
शुक्रबार काठमाडौंको नयाँ वानेश्वरमा भेला भई विवेकशील नेपाली दलका कार्यकर्ताले प्लेकार्ड प्रदर्शन गरेका हुन् । त्यस क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले रञ्जु दर्शनासहित केही नेतालाई पक्राउ गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले यसअघि तत्कालिन पुनरावेदन अदालतले जन्मकैदको सजाय सुनाएका कोइरालालाई साढे ८ वर्ष कैद तोकेको थियो । प्रदर्शनकारीले फैसला गर्ने न्यायाधीशलाई महाभियोग लगाउन पनि माग गरेका थिए ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4