+
+
Shares

पदाधिकारी माग्दै पोखरा विश्वविद्यालयका विद्यार्थीले प्रधानमन्त्री गुहारे

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १४ गते १७:५८

१५ साउन,काठमाडौं । पोखरा विश्वविद्यालय लामो समयदेखि पदाधिकारीविहीन भएको भन्दै विद्यार्थीहरुले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । विश्वविद्यालका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले अनेरास्ववियूका नेताहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

पोखरा विश्वविद्यालयमा उपकुलपति, रजिष्ट्रारलगायत पदाधिकारी नियुक्ति गर्न माग गर्दै उनीहरूले १० महिनादेखि विश्वविद्यालय पदाधिकारीविहीन हुँदा शैक्षिक तथा प्रशासनिक काम अन्यौलमा रहेको बताए ।

विश्वविद्यालयका संस्थापक स्ववियू सभापति सुनिल तिमिल्सिना र स्वतन्त्र विद्यार्थी परिषद् सभापति किशोर सुवेदीले तत्काल पदाधिकारी नियुक्त गर्न माग गरे ।

अनेरास्ववियू पोखरा इन्जिनियरिङ कलेजका अध्यक्ष सुन्दर गिरी र सचिव केशवकान्त तिवारीको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा पदाधिकारी नहुँदा विद्यार्थीको भविष्यसमेत अन्यौलमा परेको जनाइएको छ ।

‘१० महिनादेखि विश्वविद्यालय पदाधिकारीविहीन हुँदा पठनपाठन, परीक्षालगायत अन्यौल छ,’ प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘उपकुलपति, रजिष्ट्रार, डिन, परीक्षा नियन्त्रकलगायत नियुक्ति गर्नुपर्‍यो।’

उनीहरूले विश्वविद्यालयमा ४० हजार विद्यार्थीको शैक्षिक भविष्य अन्यौल रहेको पनि बताएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?