Comments Add Comment

राष्ट्रियसभाका विषयगत समिति सभापतिमा आज उम्मेदवारी

राष्ट्रियसभाको तस्वीर ।

२२ साउन, काठमाडौं । राष्ट्रियसभाका चारवटा विषयगत समितिका सभापतिको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उपनियम (२) बमोजिम सभापतिका लागि बिहीबार उम्मेदवारी दर्ता भइरहेको छ ।

विहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएकोमा अहिलेसम्म चार जनाले उम्मेदवारी दर्ता गराएका छन । संसद सचिवालयका अनुसार विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारीको उम्मेदवारी दर्ता भएको छ ।

विगतमा यी समितिका सभापति जो थिए, उनीहरुले नै फेरि सभापतिका लागि उम्मेदवारी दिएका हुन् ।

चारबजेसम्म उम्मेदवारी दर्ताको समय रहेकोमा साढे ४ बजे अन्तिम नामावली प्रकाशन हुने राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले बताए ।

सचिवालयका अनुसार साउन २३ गते दिउँसो १ बजे निर्वाचन गर्ने कार्यक्रम रहेको छ । एउटा समितिमा एकमात्रै उम्मेवारी परेमा सम्बन्धित समितिको बैठकमा निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ । एक भन्दा बढी उम्मेदवारी दर्ता भएमा निर्वाचन प्रक्रिया मार्फत सभापति छनोटको गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment