Comments Add Comment

बिध ल्यावमा अनलाइन भुक्तानी गर्दा थप २०० छुट

२३ साउन, काठमाडौं । सरकारले तोकेको भन्दा कम मूल्यमा कोरोना भाइरसको परीक्षण गरिरहेको ‘बिध ल्याब’ले शुल्क भुक्तानीका लागि अनलाइन पेमेन्टको सुबिधा अपनाएको छ । अब सेवाग्राहीले शुल्क बुझाउनका लागि भौतिक उपस्थित भइरहनुपर्ने छैन । ‘ई–सेवा’ वा ‘खल्ती’मध्ये कुनैपनि मध्यामबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

‘अहिलेको जटिलतालाई मध्यनजर गरेर हामीले अनलाइनबाटै शुल्क तिर्न सकिनेगरी व्यवस्था गरेका हौं’ विध ल्याबका सञ्चालक भीमकान्त भण्डारी भन्छन्, ‘यसका लागि ई–सेवा र खल्तीसँग सहकार्य गरिएको छ । अन्य अनलाईन सेवा प्रदायक सँग समेत सहकार्य गर्ने तयारी रहेको छ ।  जसबाट रकम भुत्तानी गर्दा  सेवा ग्राहीले थप २०० क्यास व्याक पाउनेछन ।’

पैसाको कारोबारबाट समेत कोरोना भाइरस फैलन सक्ने जोखिम रहेकाले अनलाइन भुक्तानी प्रणाली अपनाएको उनले बताए ।

विज्ञहरुले पैसाको कारोबार गर्दा यही माध्यामबाट एकअर्कामा कोरोना सर्न सक्नेतर्फ सचेत गराउँदै आएका छन् । न्यूयोर्क युनिभर्सिटीको एक अध्ययन अनुसार पैसामा सुक्ष्म जीव सुरक्षित रहन सक्छ । पैसामा तीन हजारभन्दा बढी प्रकारका किटाणु रहने गरेको पाइन्छ । जोसुकै व्यक्तिले जस्तोसुकै अवस्थामा पैसा बोक्ने र प्रयोग गर्ने भएकाले यस माध्यामबाट कोरोना भाइरस समेत सर्नसक्नेबारे सर्तक गराउँदै आइएको छ । पैसाको माध्यामबाट कोरोना सर्ने खतरा भएपछि गएको फागुन महिनामा चीनमा करोडौं नगद नष्ट गरिएको थियो ।

कोरोना भाइरसको परीक्षणका लागि नेपाल सरकारबाट मान्यताप्राप्त ‘बिध ल्याब’ले तोकिएको शुल्कभन्दा कम अर्थात ४ हजार रुपैयाँमा कोरोना परीक्षण गर्दैछ । अब अनलाईनबाट रकम भुत्तानी गर्दा ३८०० मानै परीक्षण गर्न पाउनेछन् भने स्वाव समेत विध ल्यावले संकलन गरेमा ४३०० तिरे पुग्नेछ ।

ल्यावले परीक्षणको नतिजा पनि छिटो छरितो रुपमा उपलब्ध गराइरहेको छ । ‘परीक्षण गरेको चार घण्टामा नै हामी नतिजा उपलब्ध गराउँछौं’ भण्डारी भन्छन् । यस ल्याबले एक दिनमा ४२ सय जनाको कोभिड-१९ परीक्षण गर्ने क्षमता छ । बिध ल्याब ललितपुरको कुपण्डोलमा सञ्चालित छ ।

बिध म्यानेजमेन्ट प्रालिलाई नेपाल सरकारले साउन १३ गतेदेखि कोभिड ल्याब सञ्चालनका लागि अनुमति दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment