Comments Add Comment

गौरी लेख्छिन्–‘युवाहरुलाई फक्रिने मौका दिने हो, निरुत्साहित बनाउने होइन’

नायिका गौरी मल्लले समय बदलिएको भन्दै अब सबैजना बदलिन आवश्यक रहेको बताएकी छिन् । सामाजिक संजालमा स्टाटस लेख्दै गौरीले भनेकी छिन्–‘यूवाहरुसँग हिड्नु छ भने हात हालेर हैन, हातेमालो गरेर हिड्न आवश्यक छ । मैले आकाशतिर हेरेर थुकँे भने त्यो पक्कै पनि मेरो मुखमा पर्छ ।’

नायिका मल्लले आफूले यति लामो समय अर्पण गरेको र पूजा योग्य मानेको क्षेत्रमा अनावश्यक चर्चा चल्दा दुःख लाग्ने उल्लेख गरेकी छिन् । गौरी अगाडि लेख्छिन्–‘मैले कही पढेकी थिएँ कि बलिउडकी एक प्रतिभाशाली नायिका जो आफ्नो करिअर सुरु गर्दा क्यामेरा अगाडि हाँस्दा मुख छोपेर अथवा आफ्नो दात्तलाई नदेखिने गरि हास्थिन् । किनकी, उनका दात अन्य नायिकाहरुका भन्दा केही बाहिर निस्किएका थिए । सो कुरा नोटिस गरिरहेका निर्देशक महेश भट्टले उनलाई बोलाएर भनेछन्–‘तिमी जुन कुरालाई आफ्नो कमजोरी ठानेर लुकाउने प्रयास गरिरहेकी छौं, त्यो नै तिम्रो सुन्दरताको राज हो । त्यसदिनदेखि ती नायिकाले आफ्नो हाँसोलाई संकोचको पर्खालबाट बाहिर निकालिदिइन र खुलेर अभिनय गर्न थालिन् । ती अभिनेत्रीको नाम हो, शबाना आजमी ।’

गौरीले प्रतिभालाई कहिले पनि सुन्दरताको आवश्यकता नपर्ने भन्दै सुन्दरतालाई प्रतिभाको आवश्यकता पर्ने बताएकी छिन् ।

उनले आज भन्दा ३० बर्ष अगाडि निर्देशक प्रकाश थापा, निर्माता भगवान दास श्रेष्ठले आफूलाई विश्वास नगरेको भए गौरी मल्ल भनेर आज कलाकारको रुपमा परिचय बनाउन नसक्ने पनि उल्लेख गरेकी छिन् । उनले, अरुको गल्ती चाडै र सहज रुपमा उजागर गर्ने मानिसले सोही काम अरुबाट भयो भने सहन नसक्ने पनि उल्लेख गरेकी छिन् ।

गौरी लेख्छिन्–‘३ दशकदेखि केही सिकेर आएका हामीले आजका पुस्तालाई माया दिएर हुर्काउने हो, आफ्नो अनुभव साट्ने हो, प्रोत्साहन गर्ने हो न कि उनीहरुलाई फक्रिने मौका नदिई निरुत्साहित बनाउने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment