Comments Add Comment

सुटकेश भेटिएको स्थान नजिकैको घरबाट ल्याइएको थियो शव

२६ साउन, काठमाडौं । आइतबार गोंगबुमा सुटकेश र झोलामा फेला पारिएको शव ५० मिटर पर रहेको घरबाट ल्याइएको खुलेको छ । शवको सनाखत भएसँगै अपराध भएको स्थान पनि प्रहरीले फेला पारेको हो ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार टाउको र खुट्टाविनाको शव रहेको सुटकेश भेटिएको स्थानबाट ५० मिटरको दुरीमा दाङका कृष्णबहादुर बोहोराको हत्या भएको खुलेको हो ।

अहिले अपराधस्थललाई प्रहरीले घेरा हालेको छ भने अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापा, काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवाली, काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौर लगायतको टोली घटनास्थलमा छ ।

 

हालसम्म प्रहरीले घटनामा कसैलाई पक्राउ गरिसकेको छैन । हत्याको कारणबारे पनि खुलाइएको छैन । यसअघि शवको पहिचान हुन नसकेपछि प्रहरीले तस्वीर सार्वजनिक गरेको थियो । तस्वीर सार्वजनिक गरिए लगत्तै मृतकको सनाखत भएको हो ।

यो पनि पढ्नुहोस सुटकेशभित्र भेटिएको शव पहिचानका लागि तस्वीर सार्वजनिक

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment