
१ भदौ, काठमाडौं । यस वर्षको ‘हल्ट प्राइज’ त्रिभुवन विश्वविद्यालयमा हुने भएको छ। विद्यार्थीहरूको नोबेल पुरस्कार भनेर चिनिने सो कार्यक्रम त्रिभुवन विश्वविद्यालयमा हुने भएको हो ।
यसको लागि स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयमा एमबीए अध्ययनरत विद्यार्थी प्रमोद अर्याल ‘हल्ट प्राइज’ त्रिभुवन विश्वविद्यालयको क्याम्पस निर्देशक छनोट समेत भइसकेका छन् ।
आयोजकका अनुसार सो कार्यक्रममा विश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने छन् । उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रूपमा आयोजना गर्ने गर्छन् ।
प्रतिकुल परिस्थिति भएन भने डिसेम्बर १५ भित्र हुने उक्त कार्यक्रमको तयारी सुरु भइसकेको छ । विद्यार्थीहरुलाई कुनै एउटा सामजिक विषयको शीर्षक दिएर सो शीर्षकमा आधारित भई उत्कृष्ट सामाजिक व्यवसायको योजना बनाउने विद्यार्थीको समूहले एक लाख अमेरिकी डलर पुरस्कार जित्न सक्ने छ ।
प्रतिक्रिया 4