Comments Add Comment

टर्कीका राष्ट्रपतिको श्रीमतीलाई भेट्दा आमिरको आलोचना

बलिउड नायक आमिर खानको सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ । टर्कीका राष्ट्रपति रजप तैयप एर्दवानकी श्रीमती एमिल एर्दवानलाई भेटेपछि आमिरको आलोचना भैरहेको छ ।
आमिर चलचित्र ‘लाल सिंह चड्ढा’को छायांकनका लागि टर्की पुगेका थिए । सोही समयमा उनले एमिलसँग भेट गरेका हुन् । तर, भारतका ट्विटर प्रयोगकर्ता मात्र नभएर वीजेपीका नेताहरुले समेत उनको आलोचना गरिरहेका छन् ।

धेरैले आमिरको यो भेटलाई भारत विरोधी भनिरहेका छन् । टर्कीका राष्ट्रपति रजप तैयपले निरन्तर भारत विरोधी बयान दिइरहेको आरोप विजेपीका नेताहरुको छ । कश्मिरको मुद्दामा पनि उनले खुलेरै भारतको विरोध गरेका थिए ।

भारत विरोधी एक देशका राष्ट्रपतिको श्रीमतीलाई भेटेको भन्दै आमिरको आलोचना भएको हो । तर, कतिपयले भने आमिरको समर्थन पनि गरेका छन् ।

केही समय अगाडि आमिरले आफूलाई भारतमा बस्न डर लाग्न थालेको भन्दै टिप्पणी गरेका थिए । सो समयमा पनि उनको चर्को आलोचना भएको थियो । उनै, आमिरको टर्कीकी फस्ट लेडीसँगको भेटघाट विजेपी, आरएसएस र वीएचपीका नेताहरुलाई मन परेको छैन । तर, भारतीय कांग्रेस पार्टीका नेताहरुले भने यो आरोप अर्थहिन भएको बताइरहेका छन् ।

बीएचपीका प्रवक्ता विनोद बंसलले केही कलाकारहरुलाई भारत विरोधीहरुसँग प्रेम बढ्न थालेको भन्दै टिप्पणी गरेका छन् । यो बिषयमा आमिरले कुनै पनि जवाफ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment