१६ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको २०१९ को तलब पठाएको छ ।
आईसीसीले सोमबार बेलुका एक वर्षको तलब नेपाल क्रिकेट संघ (क्यान) को खातामा पठाएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । नेपाली टिमका २२ खेलाडी र १ जना भिडियो एनालिस्ट गरी २३ जनाको तलब पठाएको हो ।
खेलाडीको तलब आईसीसीले पठाएको तीन दिनमा क्यानको खातामा आइपुग्ने र त्यसपछि खेलाडीको खातामा पठाइने अध्यक्ष चन्दले जानकारी दिए ।
यसपटक आईसीसीबाट खेलाडीहरुको तलब विगतमा भन्दा मासिक १० हजार रुपैयाँ बढेर आउनेछ । नेपाली खेलाडीलाई ए, बी र सी ग्रेडमा बर्गीकरण गरिएको छ । ए ग्रेडका खेलाडीले मासिक ४५ हजार, बी ग्रेडकाले ३५ हजार र सी ग्रेडकाले २५ हजार रुपैयाँको दरले तलब पाउनेछन् ।
यसअघि आईसीसीले २०१७ र २०१८ को खेलाडीहरुको तलब एकमुष्ट रुपमा २०१९ फेब्रुअरीमा पठाएको थियो ।
प्रतिक्रिया 4