
२१ भदौ, बुटवल । चौधरी ग्रुपको बर्दियाको बासगढीस्थित चाउचाउ उद्योगमा कार्यरत ४२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा भएको पीसीआर परीक्षणमा एकै दिन उक्त उद्योगका ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश बाबु श्रेष्ठले जानकारी दिए ।
यसअघि पनि उक्त कम्पनिका कर्मचारीहरुमा कोरोना देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरेर परीक्षण गर्दा ४२ जनामा पनि पोजेटिभ देखिएको हो ।
कर्मचारीमा कोारेना देखिएपछि उद्योगलाई सिल गरिएको थियो । चौधरी ग्रुपका मालिक एवम् सांसद विनोद चौधरीलाई पनि कोरोना संक्रमण भएकामा उनी भने निको भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4