Comments Add Comment

महिलाको घाँटीबाट निकालियो ४ फिटको सर्प

यो दुनियाँमा कहिलेकाहीँ पत्याउनै नसकिने खालका यस्ता घटना हुन्छन्, जुन सुन्दा पनि आँत नै सिरिङ्ग हुन्छ ।

हालै रुसमा एकजना महिलाको मुख हुँदै घाँटीभित्र छिरेको एउटा सर्पलाई बल्लतल्ल बाहिर निकालिएको छ ।

दक्षिणी रुसको दागेस्तानमा पर्ने लेभासी गाउँकी ती महिला बगैँचामा सुतिरहेको बेला उनको मुखबाट ४ फिटको सर्प भित्र छिरेर घाँटीबाट तलसम्मै पुगिसकेकेा थियो ।

सर्प मुखभित्र छिरेपछि तत्कालै ब्युँझिएर रन्थनिएकी ती महिलालाई तत्काल अस्पताल लगियो । त्यहाँ उनलाई बेहोस पारियो र डाक्टरहरुले उनको घाँटीभित्र छिरिसकेको सर्प निकाल्न सफल भए ।

सार्वजनिक भएको भिडियोमा महिलाको मुखभित्रबाट ट्युबको सहायताले सर्प निकालेपछि डाक्टरहरु पनि आत्तिएको देखिन्छ । बाहिर निकालेपछि उक्त सर्पलाई त्यहाँ रहेको बकेटमा हालिएको छ । उक्त सर्प ज्युँदै छ कि मरेको छ भन्नेचाहिँ भिडियोबाट खुल्दैन ।

मानिसको मुखबाट सर्प छिरेको उक्त घटना निकै दुर्लभ भएको तर सो ठाउँका बुढापाकाहरुले चाहिँ घरबाहिर गएर सुत्न नहुने र सुतेमा मुखभित्र सर्प छिर्ने भन्दै पहिले देखिनै सल्लाह दिने गरेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

मेट्रो डक को डट युकेबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment