+
+
Shares

सर्पले डसेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु

बुधबार बिहान घरमा हात धुने क्रममा दायाँ हातको चोर औँलामा सर्पले डसेपछि उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १३:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुर्खेतको चौकुने गाउँपालिका–१० चालिखेकी ५६ वर्षीया देउमा कामीको सर्पको टोकाइबाट मृत्यु भएको छ।
  • बुधबार बिहान घरमा हात धुने क्रममा सर्पले डसेपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको परिवारले जनाएको छ।
  • सुर्खेत अस्पतालकी सूचना अधिकारी अनिता ज्ञवालीले बिहान १०ः३५ बजे अस्पताल आइपुग्दा बिरामीको मृत्यु भइसकेको जानकारी दिए।

२७ साउन, काठमाडौं । सुर्खेतको चौकुने गाउँपालिका–१० चालिखेकी ५६ वर्षीया देउमा कामीको सर्पको टोकाइबाट मृत्यु भएको छ । बुधबार बिहान घरमा हात धुने क्रममा दायाँ हातको चोर औँलामा सर्पले डसेपछि उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।

मृतकका देवर बाल विंक अनुसार सर्पले टोकेपछि देउमालाई सुरुमा पश्चिम बाजुरा चौरस्थित पलाईतेको स्वास्थ्य संस्थामा लगिएको थियो । त्यहाँ प्राथमिक उपचार गरिए पनि थप उपचारका लागि आवश्यक स्रोत–साधनको अभाव भएपछि उनलाई सुर्खेत अस्पतालमा रेफर गरिएको थियो ।

‘पलाईतेमा उपचार गर्दा गर्दै साधन–स्रोत नभएपछि सुर्खेत रेफर गरियो । सुर्खेत ल्याउने क्रममा बाटोमै मृत्यु भयो,’ विंकले भने ।

पलाईतेबाट सुर्खेततर्फ आउन करिब चार घण्टा लाग्ने भएकाले उपचारका लागि ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको परिवारले जनाएको छ । सुर्खेत अस्पतालको सुचना अधिकारी अनिता ज्ञवालीले बिहान १०ः३५ अस्पताल आइपुग्दा बिरामीको मृत्यु भइसकेको जानकारी दिइन् ।

उनका अनुसार बिरामीलाई आधारभूत अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । एन्टिस्नेक भेनम (सर्पको विषविरुद्धको औषधि) समेत दिइएको थियो । तर अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि सुर्खेत अस्पताल रेफर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?