+
+

बरफ भरिएको बाकसमा साढे २ घण्टा बसेर विश्व कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २४ गते १६:५२

बरफका टुक्राहरुले भरिएको बाकसभित्र अर्धनग्न शरीरमा साढे २ घण्टासम्म बसेर अष्ट्रियाका एकजना व्यक्तिले अनौठो विश्व कीर्तिमान कायम गरेका छन् ।

अष्ट्रियाको मेल्कका ४२ वर्षीय जोसेफ कोएबेर्ल हिउँ भरिएको पारदर्शी बाकसमानिर्वस्त्र जीउसहित घाँटीसम्म हिउँभित्र पुरिएर २ घण्टा ३० मिनेट ५७ सेकेण्डसम्म बसेका हुन् । गत शनिबार उनले प्रदर्शन गरेको उक्त कीर्तिमानी कार्यमा उनले केवल स्विमिङ गर्दा लगाउने कट्टु मात्र लगाएका थिए । उनले आफ्ना पाखुरा छातीमा टाँसेका थिए ।

योसँगै उनले गतवर्ष आफैले राखेको कीर्तिमान भंग गरेका छन् । गत वर्ष उनी यस्तै हिउँको बाकसभित्र २ घण्टा ८ मिनेट ४७ सेकेण्ड बसेर विश्व कीर्तिमान कायम गरेका थिए ।

आफ्नै कीर्तिमान भंग गरी हिउँको बाकसबाट बाहिरिएसँगै उनले भने, ‘निकै राम्रो अनुभूति भैरहेको छ । सूर्य निकै माथि रहे पनि न्यायो महसुस भएको छ ।’

ड्यानुब नदीको किनारामा रहेको सुन्दर सहर मेल्कमा उनको हिमकार्य हेर्नका लागि केही मानिसहरु भेला भएका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?