Comments Add Comment

एप्पलको वाच सिरिज सार्वजनिक, नयाँ आईफोन सार्वजनिक भएन

३१ भदौ, काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले मंगलबार एक भर्चुअल कार्यक्रममा नयाँ फिचर्ससहितको नयाँ वाच सिरिज सार्वजनिक गरेको छ । अहिले सार्वजनिक गरिएका वाचमा पर्सनलाइज्ड सब्सक्रिप्सन सर्भिस फिटनेस प्लस फिचर समावेश गरिएको छ । यसको सहयोगमा प्रयोगकर्ताहरुले आफ्नो फिटनेसको डेटा आईफोन वा आईप्याडमा हेर्न सक्छन् । फिटनेस प्लसको प्रतिस्पर्धा अहिले आईओएसमा रहेका पेलोटोन, लेस मिल्स र फिटसँग हुनेछ ।

यसअघि धेरै मानिसले यसअघि नै यसपटक एप्पलले नयाँ आईफोन भने आउने सम्भावना कम रहेको बताएका थिए । एप्पलले आगामी आईफोनको विषयमा कुनै पनि जानकारी दिएको छैन ।

एप्पलले मंगलबार भएको कार्यक्रममा स्मार्टवाचको दुई नयाँ सिरिज वाच सिरिज ६ र वाच एसई सार्वजनिक गरेको छ । जसमध्ये एसई सस्तो मूल्यमा उपलब्ध छ । वाच सिरिज ६ मा ब्लड अक्सिजन सेन्सर छ, जसले मुटु वा फोक्सोमा आउने समस्याको जानकारी दिन सक्छ ।

त्यस्तै एप्पलले नयाँ आईप्याड एयरमा पहिलोपटक चिप म्यानुफ्याक्चरिङ प्रोसेसिङको प्रयोग गरिएको छ । यसमा प्रयोग गरिएको ए१४ प्रोसेसरबाट ४के भिडियोलाई पनि सहजै इडिट गर्न सकिन्छ । यसको सबैभन्दा विशेष आकर्षण यसको टच आईडी फिंगरप्रिन्ट सेन्सर हो । यसमा यूएसबी पोर्ट पनि छ । यसमा १० दशमलव ९ इन्चको डिस्प्ले स्क्रिन छ ।

साथै एप्पलले आइतबार आफ्नो लेटेस्ट मोबाइल अपरेटिङ सिस्टम आईओएस१४ सार्वजनिक गर्ने बताएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment