Comments Add Comment

‘सप्तरंगी आहार’ : स्वाद र स्वस्थ्यको संयोजन

‘सप्तरंगी डाइट’ एउटा यस्तो आहार हो, जसमा विभिन्न रंगहरूको खाद्य पदार्थ सामेल हुने गर्छ । यसको लागि तपाईं आफ्नो आहारमा फलफूल र विभिन्न रंगका तरकारीहरू समावेश गर्न सक्नुहुनेछ । प्लेटमा भएका थरीथरीका रंगहरूले हाम्रो खानेकुरालाई आकर्षक मात्र बनाउँदैन, स्वस्थ पनि राख्न मद्दत गर्छ । आफ्नो आहारमा नियमित फलफूल र तरकारीको प्रयोगले पौष्टिक तत्वको सन्तुलनमा मद्दत गर्छ ।

आवश्यक पोषक

धेरै फलफूल र तरकारीहरूमा भिटामिन सी, भिटामिन के, फोलिक एसिड आदि प्रशस्त मात्रामा पाइन्छ । वास्तवमा, अमला भिटामिन सीको लागि उत्कृष्ट स्रोत हो ।

केही तरकारीहरू जस्तै आलु, शखरखण्ड आदि र फलहरूमा आप, केरा आदि ऊर्जाका स्रोतहरू हुन् । धेरै फलफूल र तरकारीहरूमा पानी र फाइबरको मात्रा बढी र क्यालोरी कम हुने गर्छ ।

प्रायः हरियो तरकारीहरू जस्तै साग, पालक, पुदिना आदिमा शरीरलाई चाहिने फलाम प्रशस्त मात्रामा पाइन्छ । त्यस्तै, हरियो पातभएको तरकारी क्याल्सियमको उपयुक्त स्रोत हो । यसैमा पोटासियम र म्याग्नेसियमको मात्रा पनि पाउन सकिन्छ । त्यसैले यी तरकारीहरू मुटुको स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ ।

कुन रंगको खाना केका लागि फाइदाजनक ?

१. रातो –भावनात्मक एवं शारीरिक ऊर्जाको लागि

रातो रंगको खानेकुराले तपाईंको शरीरमा शक्तिप्रदायकको काम गर्छ । रातो रंगको फलफूल र तरकारीले धेरै प्रकारका रोगहरूबाट जोगाउने गर्छ । जस्तै, तरबुजा, आलु बखडा, स्ट्रबेरी आदि । फलबाहेक, रातो रंग भएको तरकारी र अन्य खाद्य पदार्थले स्वस्थ परिकारलाई जनाउने गर्छ । रातो खुर्सानीले खानालाई मसलेदार मात्रै बनाउँदैन, यसले शरीरमा  प्रतिरोध क्षमताको विकास समेत गराउँछ ।

२ बैजनी रंग – समग्र स्वास्थ्यको लागि

बैजनी रंगयुक्त खानाहरूमा उच्च मात्रामा एन्थोसाइनिन पाउन सकिन्छ । जसले मान्छेलाई क्यान्सर र हृदय रोगबाट बचाउँछ । उदाहरणका लागि बैजनी रंगमा फोलिक एसिड र पोटासियम पाउन सकिन्छ । जसले मुटुजस्ता मांसपेशी र रक्तसञ्चार प्रणालीलाई बलियो बनाउँछ । त्यस्तै, बैजनी रंगको बन्दा, बैजनी रंगको गाजर आदि यस कोटिमा पर्ने गर्छ । निलो, बैजनी र कालो प्रजातिको खानालाई प्रायः समान श्रेणीमा राखिन्छ । यसले मधुमेह, मोटोपना र हृदय रोगहरूको जोखिमलाई पनि कम गर्छ ।

सेतो – सफाइको प्रतीक

फलफूल र तरकारीहरू जस्तै नासपाती, स्याउ, केरा, बन्दाकोपी र लसुनमा धेरै फाइबर हुन्छ र यसले कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ । सेतो रंगका खानाहरूमा क्युरेसेटिन जस्ता एन्टी–अक्सिडेन्ट फ्लाभोनोइड्स र एलिसिन जस्ता स्वास्थ्य–लाभदायक रसायनहरू प्रशस्त मात्रामा पाइन्छ जसले कोलेस्ट्रोल र रक्तचाप कम गर्न मद्दत गर्छ । सेतो रंगको खानाको सेवनले पेटको क्यान्सर र हृदय रोगहरूको सम्भावनालाई कम गर्छ । केरा, मकै, च्याउ, प्याज, आलु, अदुवा आदिमा प्रशस्त मात्रामा पोटासियम पाइन्छ । त्यस्तै, च्याउमा पनि सेलेनियम, पोटासियम, भिटामिन डी आदि पाउने गरिन्छ । काउलीमा सल्फर पाइन्छ जुन क्यान्सरसँग लड्न, हड्डी बलियो बनाउन र रक्तवाहिनाहरूको मर्मतका लागि लाभदायक मानिन्छ ।

हरियो – समग्र स्वास्थ्य र सन्तुलनका लागि

सबैलाई थाहा छ कि हरियो खानाहरू पोषणको एउटा स्रोत हुन् । तर त्यसका लागि ती खानाहरू अधिक मात्रामा खानुपर्छ । बोटमा हरियो रंग क्लोरोफिलको कारणले हुन्छ, जुन बोटबिरुवाहरूको लागि जीवन हो । हरिया खानाहरू भिटामिन ए, सी र के, फलाम, एन्टिआक्सिडेन्ट्स आदिका स्रोत हुन् ।

क्लोरोफिल, लुटेन, जियानथिन र फोलेट हरियो तरकारीमा प्रशस्त मात्रामा पाइन्छ । पालक, बन्दा, ब्रोकोली आदि यस श्रेणीभित्र पर्छन् । हरियो तरकारीहरुमा फोलेट, क्लोरोफिल र फलाम धेरै मात्रामा पाइन्छ । त्यसैले यी तरकारी ऊर्जाको एक मुख्य स्रोत हुन् । यसका साथै हरियो तरकारी आँखा, हड्डी र दाँतको लागि समेत लाभदायक मानिन्छ ।

नीलो – शरीरको प्रणाली सुन्दर राख्न

आकाशको रंगको रूपमा रहेका तरकारी एवं फलफूलहरूले रक्तचापलाई नियन्त्रणमा राख्छ र शरीरलाई फिट राख्न मद्दत गर्छ । फल र तरकारीहरूमा नीलो रंग एन्थोसायनिनको कारणले हुने गर्छ । जसले एन्टिअक्सिडेन्टसँग तपाईंको शरीरलाई बचाउँछ र दिमागलाई तेज बनाउँछ । नीलो रंगका खानामा पाइने अन्य पौष्टिक तत्वहरू रेटिनाका लागि फाइदाजनक हुन्छन् । खानामा नीलो रंगका खानेकुराको प्रयोगले ट्युमरको समस्यालाई कम गर्छ ।

पहेँलो – मानसिक स्वास्थ्य र स्नायुको सुदृढीकरणका लागि

पहेँलो रंगको खाना मानसिक स्वास्थ्यका लागि लाभदायक मानिन्छ । पहेँलो रंगको खाना कलेजो, छाला, आँखाको  स्वास्थ्यका लागि पनि उपयोगी हुन्छ । पहेँलो खाना विशेषगरी दमका बिरामीहरूका लागि लाभदायक मानिन्छ ।

पहेँलो खानेकुराले छालामा चमक सिर्जना गर्ने गर्छ । पहेँलो मकै, बेसार आदिलाई नियमित आफ्नो खानामा समावेश गर्न पनि चिकित्सकहरू सुझाव दिन्छन् ।

बेसार एक एन्टिसेप्टिक खानेकुरा हो, जसले शरीरमा रोगविरूद्ध लड्ने शक्ति बढाउँछ । यसले पाचन प्रणालीमा सुधार ल्याउँछ, साथै फोक्सोको लागि पनि यो लाभदायक हुन्छ ।

फाइदाहरू

माथि उल्लेखित खानेकुरा खाँदा विभिन्न किसिमका फाइदाहरू हुन्छन् । जस्तै, टाइप २ मधुमेह, ग्यास्ट्रिक, कोलोरेक्टल, फोक्सोको समस्या, हृदय रोग आदिको सम्भावना माथि उल्लेखित तरकारीको संयोजनले क मगर्ने गर्छ ।

काँचो फल र सलादले मस्तिष्कको स्वास्थ्य र अल्जाइमर रोक्न मद्दत गर्छ । भारतको नेशनल हेल्थ एण्ड मेडिकल रिसर्च काउन्सिलका अनुसार वयस्कहरूले कम्तीमा पाँच प्रकारका तरकारीहरू र दुई प्रकारका फलहरू दैनिक खानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment