+

ताम्रजल : अनेक लाभ

२०७७ असोज  २ गते १०:११ २०७७ असोज २ गते १०:११
ताम्रजल : अनेक लाभ

अति सामान्य जस्ता लाग्ने कतिपय कुराहरुले हाम्रो स्वास्थ्यम भने खास प्रभाव पारिरहेको हुन्छ । जस्तो हाम्रो बस्ने आसन, हामीले खाने शैली, हाम्रो सुत्ने आसन इत्यादि । हामी कस्तो भाँडामा पकाएको खानेकुरा खान्छौं, कस्तो भाँडामा भण्डारण गरेको खान्छौं भन्ने कुरा समेत प्रत्यक्ष स्वास्थ्यसँग जोडिन्छ ।

जस्तो धेरैजसो अवस्थामा हामी प्लाष्टिकको भाँडामा राखिएको वा राखेर खानेकुरा सेवन गर्छौं । प्लाष्टिकको भाँडावर्तन सस्तो र सजिलो पनि लाग्छ । तर, प्लाष्टिकमा राखिएको खानेकुरा स्वस्थ्यकर मानिदैन । खाना पकाउनका लागि फलामको भाँडावर्तन राम्रो एवं स्वस्थ्यकर मानिन्छ । यसैगरी पिउने पानी राख्नका लागि तामाको भाँडावर्तन उपयोगी हुन्छ । यसबाट अनेक स्वास्थ्य लाभ मिल्ने बताइन्छ ।

तामाको भाँडामा पानी संग्रहित गर्नुलाई ताम्रजल भनिन्छ । आयुर्वेदमा भनिएको छ, तामाको भाँडामा कम्तीमा ८ घण्टासम्म राखिएको पानी लाभदायक हुन्छ । जुन व्यक्तिलाई कफको समस्या छ, उनीहरुले पानीमा तुलसीको केहि पात हाल्नुपर्छ ।

रातभर तामाको भाँडामा पानी राख्ने र बिहान उठेपछि पिउनुपर्छ, यो एकदमै स्वस्थ्यवद्र्धक हुन्छ । आर्युवेदमा भनिएको छ, तामाको भाँडामा भण्डारण गरिएको पानीले शरीरको केहि दोष शान्त गर्छ । साथै, यसले शरीरको विषाक्त पदार्थ निकाल्छ । तर, तामाको भाँडामा कति समय पानी राख्ने ? कसरी राख्ने ख्याल राख्नुपर्छ ।

छालालाई स्वस्थ्य बनाउने– हामी छालालाई स्वस्थ्य बनाउनका लागि थरीथरीका सौन्दर्य प्रसाधन प्रयोग गरिरहेका हुन्छौ । राम्रो सौन्दर्य प्रसाधन प्रयोग गर्दैमा छाला स्वस्थ्य एवं चम्किलो हुन्छ भन्ने छैन । यसमा तपाईको दिनचर्या र खानपान मूख्य रुपमा जोडिएर आँउछ । त्यसैले तपाई छालालाई स्वस्थ्य बनाउन चाहनुहुन्छ भने तामाको भाँडामा रातभर राखेको पानी पिउनुहोस् । यसको नियमित सेवनले तपाईको छाला चम्किलो र मुलायम हुन्छ ।

थाइराइड नियन्त्रण

थाइरेक्सीन हर्मोनको असन्तुलनले थाइराइडको समस्या हुन्छ । विज्ञहरुका अनुसार कपरको स्पर्श भएको पानीले शरीरमा थाइरेक्सीन हर्मोनलाई सन्तुलित राख्छ ।

युरिक एसिडमा फाइदाजनक

अहिले धेरैलाई युरिक एसिडको समस्या हुन्छ । यदि तपाईलाई पनि यस्तो समस्या छ भने तामाको भाँडमा राखिएको पानी पिउने गर्नुहोस् ।

जवान राख्छ

त्यसो त पर्याप्त पानी पिउँदा छाला स्वस्थ्य हुन्छ । यदि तामाको भाँडमा राखिएको पानी पिउने हो भने, मृत्त छालाहरु हटाएर अनुहारलाई सधै फ्रेस तथा जवान देखाउँछ ।

पाचन प्रक्रिया चुस्त बनाउने

एसिडिटी, ग्याष्ट्रिक जस्ता समस्यामा तामाको पानी पिउनु अमृतसमान हुन्छ ।

उच्च रक्तचाप, कोलोस्ट्रोरमा फाइदा

तामाको भाँडामा राखिएको पानीले उच्च रक्तचाप, कोलोस्ट्रोर नियन्त्रण गर्छ ।

जान्नैपर्ने कुरा

तामाको भाँडामा रातभर पानी भण्डारण गर्नुपर्छ । यसले तामाको स्वस्थ्यप्रद गुण त्यस पानीमा सर्छ, जो पेट सम्बन्धी रोगदेखि रगतको शुद्धतासम्ममा फाइदाजनक हुन्छ । तामाको बर्तनमा पानी भरेर राख्दा त्यसलाई जमिनमा राख्नु हुँदैन । काठमाथि वा कुनै धातुको टेबलमाथि राख्नुपर्छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘सपना नदेखेको धेरै रात भयो’

‘सपना नदेखेको धेरै रात भयो’

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

के चिकित्सकले औषधि बेच्न मिल्छ ? यस्तो छ कानुन र आचारसंहिता

के चिकित्सकले औषधि बेच्न मिल्छ ? यस्तो छ कानुन र आचारसंहिता

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच जनस्वास्थ्य अनुसन्धानमा सहकार्य हुने

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच जनस्वास्थ्य अनुसन्धानमा सहकार्य हुने

कसरी बन्छ मिर्गौलामा पत्थरी, किन दोहोरिन्छ ?

कसरी बन्छ मिर्गौलामा पत्थरी, किन दोहोरिन्छ ?