+
+

ताम्रजल : अनेक लाभ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २ गते १०:११

अति सामान्य जस्ता लाग्ने कतिपय कुराहरुले हाम्रो स्वास्थ्यम भने खास प्रभाव पारिरहेको हुन्छ । जस्तो हाम्रो बस्ने आसन, हामीले खाने शैली, हाम्रो सुत्ने आसन इत्यादि । हामी कस्तो भाँडामा पकाएको खानेकुरा खान्छौं, कस्तो भाँडामा भण्डारण गरेको खान्छौं भन्ने कुरा समेत प्रत्यक्ष स्वास्थ्यसँग जोडिन्छ ।

जस्तो धेरैजसो अवस्थामा हामी प्लाष्टिकको भाँडामा राखिएको वा राखेर खानेकुरा सेवन गर्छौं । प्लाष्टिकको भाँडावर्तन सस्तो र सजिलो पनि लाग्छ । तर, प्लाष्टिकमा राखिएको खानेकुरा स्वस्थ्यकर मानिदैन । खाना पकाउनका लागि फलामको भाँडावर्तन राम्रो एवं स्वस्थ्यकर मानिन्छ । यसैगरी पिउने पानी राख्नका लागि तामाको भाँडावर्तन उपयोगी हुन्छ । यसबाट अनेक स्वास्थ्य लाभ मिल्ने बताइन्छ ।

तामाको भाँडामा पानी संग्रहित गर्नुलाई ताम्रजल भनिन्छ । आयुर्वेदमा भनिएको छ, तामाको भाँडामा कम्तीमा ८ घण्टासम्म राखिएको पानी लाभदायक हुन्छ । जुन व्यक्तिलाई कफको समस्या छ, उनीहरुले पानीमा तुलसीको केहि पात हाल्नुपर्छ ।

रातभर तामाको भाँडामा पानी राख्ने र बिहान उठेपछि पिउनुपर्छ, यो एकदमै स्वस्थ्यवद्र्धक हुन्छ । आर्युवेदमा भनिएको छ, तामाको भाँडामा भण्डारण गरिएको पानीले शरीरको केहि दोष शान्त गर्छ । साथै, यसले शरीरको विषाक्त पदार्थ निकाल्छ । तर, तामाको भाँडामा कति समय पानी राख्ने ? कसरी राख्ने ख्याल राख्नुपर्छ ।

छालालाई स्वस्थ्य बनाउने– हामी छालालाई स्वस्थ्य बनाउनका लागि थरीथरीका सौन्दर्य प्रसाधन प्रयोग गरिरहेका हुन्छौ । राम्रो सौन्दर्य प्रसाधन प्रयोग गर्दैमा छाला स्वस्थ्य एवं चम्किलो हुन्छ भन्ने छैन । यसमा तपाईको दिनचर्या र खानपान मूख्य रुपमा जोडिएर आँउछ । त्यसैले तपाई छालालाई स्वस्थ्य बनाउन चाहनुहुन्छ भने तामाको भाँडामा रातभर राखेको पानी पिउनुहोस् । यसको नियमित सेवनले तपाईको छाला चम्किलो र मुलायम हुन्छ ।

थाइराइड नियन्त्रण

थाइरेक्सीन हर्मोनको असन्तुलनले थाइराइडको समस्या हुन्छ । विज्ञहरुका अनुसार कपरको स्पर्श भएको पानीले शरीरमा थाइरेक्सीन हर्मोनलाई सन्तुलित राख्छ ।

युरिक एसिडमा फाइदाजनक

अहिले धेरैलाई युरिक एसिडको समस्या हुन्छ । यदि तपाईलाई पनि यस्तो समस्या छ भने तामाको भाँडमा राखिएको पानी पिउने गर्नुहोस् ।

जवान राख्छ

त्यसो त पर्याप्त पानी पिउँदा छाला स्वस्थ्य हुन्छ । यदि तामाको भाँडमा राखिएको पानी पिउने हो भने, मृत्त छालाहरु हटाएर अनुहारलाई सधै फ्रेस तथा जवान देखाउँछ ।

पाचन प्रक्रिया चुस्त बनाउने

एसिडिटी, ग्याष्ट्रिक जस्ता समस्यामा तामाको पानी पिउनु अमृतसमान हुन्छ ।

उच्च रक्तचाप, कोलोस्ट्रोरमा फाइदा

तामाको भाँडामा राखिएको पानीले उच्च रक्तचाप, कोलोस्ट्रोर नियन्त्रण गर्छ ।

जान्नैपर्ने कुरा

तामाको भाँडामा रातभर पानी भण्डारण गर्नुपर्छ । यसले तामाको स्वस्थ्यप्रद गुण त्यस पानीमा सर्छ, जो पेट सम्बन्धी रोगदेखि रगतको शुद्धतासम्ममा फाइदाजनक हुन्छ । तामाको बर्तनमा पानी भरेर राख्दा त्यसलाई जमिनमा राख्नु हुँदैन । काठमाथि वा कुनै धातुको टेबलमाथि राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?